सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले बढयो 

मंगलबार, जेठ २०, २०८२
Global Ime Bank
मयुर प्लाई

काठमाडौं । आज (मंगलबार) नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमवार सुनको कारोबार प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा भएको थियो । त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ५५ रुपैयाँले बढेर प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमवार चाँदीको मूल्य १ हजार ९९० रुपैयाँ थियो । मंगलवार प्रति १० ग्राम सुनको मूल्य १ लाख ६५ हजार २१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७५३ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ११:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार