सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ३२ पैसा र बिक्रीदर १३६ रुपियाँ ९२ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर १५५ रुपियाँ ७२ पैसा र बिक्रीदर १५६ रुपियाँ ४० पैसा, यूके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपियाँ ५८ पैसा र बिक्रीदर १८५ रुपियाँ ४० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपियाँ ७७ पैसा र बिक्रीदर १६७ रुपियाँ ५१ पैसा निर्धारण गरिएको छ । यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ४१ पैसा र बिक्रीदर ८८ रुपियाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ४९ पैसा र बिक्रीदर ९९ रुपियाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपियाँ ९९ पैसा र बिक्रीदर १०६ रुपियाँ ४५ पैसा,जापानी येन १० को खरिददर नौ रुपियाँ ५६ पैसा र बिक्रीदर नौ रुपियाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९३ पैसा र बिक्रीदर १९ रुपियाँ दुई पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३४ पैसा र बिक्रीदर ३६ रुपियाँ ५० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ४१ पैसा र बिक्रीदर ३७ रुपियाँ ५७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर चार रुपियाँ १९ पैसा र बिक्रीदर चार रुपियाँ २१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ११ पैसा र बिक्रीदर ३७ रुपियाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ तीन पैसा र बिक्रीदर ३२ रुपियाँ १७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९१ पैसा र बिक्रीदर नौ रुपियाँ ९५ पैसा तोकिएको छ । त्यस्तै, हङकङ डलर एकको खरिददर १७ रुपियाँ ३८ पैसा र बिक्रीदर १७ रुपियाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपियाँ ७३ पैसा र बिक्रीदर ४४६ रुपियाँ ६९ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपियाँ ६१ पैसा र बिक्रीदर ३६३ रुपियाँ २० पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपियाँ १० पैसा र विक्रीदर ३५५ रुपियाँ ६६ पैसा भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।