सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन बजारलाई पुरानो लयमा फर्काउने र विज्ञापन बजारको विकास, विस्तार गर्ने काम दोस्रो कार्यकालको प्राथमिकतामा रहेको बताएका छन् । सोमबार आफ्नो पदभार ग्रहण गर्दै उनले अहिले मुख्य चुनौती विज्ञापन बजारको घट्दो क्रम रहेको भन्दै सबै सरोकारवालाहरूको सहयोग जुटाएर विज्ञापन बजारलाई पुनःलयमा ल्याउने काम प्राथमिकतामा रहेको बताए । उनले भने, ‘अहिले मुख्य चुनौतीको रुपमा रहेको विज्ञापन बजारको घट्दो क्रम हो । यो विज्ञापन बजारलाई पुरानो लयमा फर्काउने र विज्ञापन बजारको विकास र विस्तार गर्ने जसले आम सञ्चार माध्यमहरूको लागि भर गर्न सकुन । यो अहिलेको लागि सबैभन्दा चुनौतीपूर्ण अवस्था हो । यसमा सबै सरोकारवालाहरूको सहयोग जुटाएर विज्ञापन बजारलाई पुनःलयमा ल्याउने र खासगरि विज्ञापनदाताहरूलाई आत्मविश्वासिलो बनाउने र सामाजिक सञ्जालमा भइरहेको प्रवाहलाई विस्तारै मुख्य मिडियामा ल्याउने लगायतका कामहरु हामीले गर्नुपर्नेछ । त्यो कामका लागि मेरो दोस्रो कार्यकालको प्राथमिकताको क्षेत्र हुन्छ ।’ यस्तै, उनले जति सक्यो छिटो राष्ट्रिय नीतिलाई जारी गरेर विज्ञापन नियमन गर्ने ऐनलाई संशोधन गर्ने काममा पनि लाग्ने बताए । उनले भने, ‘विज्ञापनको नियमनका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानिय तहको सहभागिता आवश्यक हुन्छ त्यो काम हामीले अगाडि बढाउनु पर्नेछ र त्यसका लागि पनि नमूना कानुनहरु बनायौं । विज्ञापनको परीक्षणको काम सुरु गर्यौ र हामीले सुरु गरेको तर कार्यान्वयन हुन नसकेको राष्ट्रिय विज्ञापन नीति हो । जति सक्यो छिटो राष्ट्रिय नीतिलाई जारी गर्छौ । त्यसपछि विज्ञापन नियमन गर्ने ऐनलाई संशोधन गर्छौ ।’ पहिलो कार्यकालमा नीति नियमहरु बनाउने, आचासंहित निर्माण, विज्ञापन नियमावली संशोधन र विज्ञापन बजारलाई पारदर्शि बनाउने काम गरेको पनि उनले सुनाए ।