सिंहदरबारमा भेट्दै ओली, देउवा र प्रचण्ड

सोमबार, जेठ १९, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रमुख तीन दलका शीर्ष नेता केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार अपरान्ह छलफल हुन लागेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा तीन शीर्ष नेताबीच छलफल हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । खासगरी संसद् बैठकमा देखिएको गतिरोध अन्त्य गर्नेबारे उनीहरूबीच छलफल हुने बताइएको छ ।

 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १६:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार