सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । बजेट घोषणापछिको सेयर बजार १।६० अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६९४ अंकमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ८ अर्ब ५८ करोडको कारोबार भएकोमा आज ९ अर्ब २२ करोडको भयो । कुल ११५ कम्पनीको मूल्य बढ्दा १३३ को घट्यो । यस दिन दुई सेक्टरमा आकर्षण देखिएको छ । होटल तथा पर्यटन २।३९ तथा लगानी २।२८ प्रतिशत बढे । यी दुई सेक्टर उच्च दरमा बढ्नुमा बजेटको आवश्वासन प्रमुख कारण हो । होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योगसरह आयकर छुट दिने बजेटको घोषणा छ । त्यस्तै लगानी सेक्टरका सूचीकृत कम्पनी र संस्थागत लगानीकर्ताले राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको स्वःपुँजी, ऋणपत्र र अन्य धितोपत्रमा लगानी गर्न सहजीकरण गरिने व्यवस्था बजेटले उल्लेख गरेको छ ।आज विकास बैंक ०।२९, फाइनान्स ०।१८, जीवन बीमा ०।२३ र अन्य ०।३६ प्रतिशत बढे । त्यस्तै बैंकिङ ०।५९, हाइड्रोपावर ०।३५, उत्पादन तथा प्रशोधन ०।३८, माइक्रोफाइनान्स ०।१२, निर्जीवन बीमा ०।१६ तथा व्यापार ०।३५ प्रतिशत घटे । दुई कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै सप्तकोशी विकास बैंकको ८।३१, न्यादी हाइड्रोपावरको ७।२७ तथा कर्पोरेट डेभलपमेन्ट बैंकको ६।३५ प्रतिशत मूल्य बढ्यो । भूगोल इनर्जीको मूल्य ६।४५ प्रतिशत घट्यो । बोटलर्स नेपाल बालाजुको ३।२० तथा विन नेपाल लघुवित्तको ३।०४ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा ङादी ग्रुप, राधि विद्युत्, युनिभर्सल पावर, एचआईडीसीएल र बुटवल पावर क्रमशः अगाडि रहे ।