यातायात व्यवसायीलाई वार्तामा आउन गण्डकी प्रदेश सरकारको आह्वान

अलपत्र यात्रुको काठमाडौ र चितवनतर्फ पठाउन स्कर्टिङ्ग
सोमबार, जेठ १९, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

पोखरा । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ को विरोधमा आन्दोलनमा रहेका यातायात व्यवसायीलाई वार्तामा आउन पुनःआह्वान गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गर्दै यातायात व्यवसायीका माग बारे वार्ताका लागि आह्वान गरेको हो । यसअघि मन्त्रालयले बुधबार पनि वार्ताको आव्हान गरेकोमा यातायात व्यवसायी वार्तामा आएका थिएनन् । यातायात व्यवसायीसँग छलफलका लागि यातायात मन्त्रालयका सचिवको संयोजकत्वमा अधिकार सम्पन्न पाँच सदस्यीय वार्ता टोली गठन गरेको जानकारी गराइएको छ । प्रदेश सचिव एवं वार्ता समिति संयोजक इञ्जिनियर कमलकुमार अधिकारीले ‘राइड सेयरिङ’ सम्बन्धि काननुनले गरेको असरका विषयमा खुला छलफल गर्न प्रदेश सरकार तयार रहेको बताए । यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्घ, नेपाल यातायात मजदुर सङ्घ, अखिल नेपाल यातायात मजदुर सङ्घ, सार्वजनिक यातायात केन्द्रीय महासङ्घ र एकीकृत ट्रेड युनियन महासङ्घ गण्डकीलगायतका आठ सङ्गठनले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी १७ बुँदे मागपत्र सार्वजनिक गरेका छन् । मागहरूमा निजी सवारीसाधनलाई सार्वजनिक सवारी साधनसरह यात्रु ओसारपसार गर्न दिने व्यवस्था खारेज गर्नुपर्ने, सार्वजनिक सवारीसाधनको आयु सीमा हटाउनुपर्ने, राइड सेयरिङ सेवालाई कानुनी मान्यता दिन नहुनेलगायत विषय छन् ।यसअघि यातायात व्यवसायीले सरकारलाई जेठ १४ गतेसम्मको अल्टिमेटम दिएका थिए । व्यवसायीले नियमावली फिर्ता नभएमा जेठ १९ गतेदेखि देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका थिए छन् । गण्डकी सरकारले यहि जेठ १ मा राइड सेयरिङलाई नियमन र व्यवस्थापन गर्न ल्याएको राइड सेयरिङ नियमन र व्यवस्थापन नियमावली २०८२ प्रदेश राजपत्रमा प्रकाशित गरेको थियो ।

पोखरामा अलपत्र परेका यात्रुको काठमाडौ र चितवनतर्फ पठाउन स्कर्टिङ्ग 

पोखरामा अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुर्याउनको लागि आइतबार पनि स्कर्टिङ्ग गरिएको छ । सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले जेठ १६ गते देखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेपछि पोखरामा अलपत्र परेका यात्रुहरुलाई जेठ १८ गते आइतबार बिहान १० बजेदेखि २५ वटा पर्यटक बसमा स्कर्टिङ गरेर गन्तव्यमा पुर्याउन लागिएको हो ।सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले पोखराबाट जिल्लाको सीमाना कोत्रेसम्म स्कटिङ्ग गर्ने छ भने त्यहाँबाट नं. २३ मनकामना गण तनहुँले स्थानिय नेपाल प्रहरीसहित स्कर्टिङ गरी मुग्लिनसम्म ल्याउनेछ ।गण्डकी प्रदेश र बागमती प्रदेशको सीमानामासम्म स्कर्टिङ्ग गरी यात्रुहरुलाई सुरक्षित रुपमा उनीहरुको गन्तव्य स्थानसम्म पुर्याइने छ । २५ वटा बस चितवन र काठमाडौको लागि छुटेक हुन् ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  ०८:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार