रुसको एयरबेसमा युक्रेनको भिषण आक्रमण, ठूलो नोक्सानी पुर्‍याएको दाबी 

सोमबार, जेठ १९, २०८२
Global Ime Bank
मयुर प्लाई

काठमाडौँ । युक्रेनले ४० वटा रुसी लडाकु विमानहरू नष्ट गरेको दाबी गरेको छ । युक्रेनी वेबसाइट किभ इन्डिपेन्डेन्टको रिपोर्ट अनुसार, युक्रेनले मुर्मन्स्कमा रहेको ओलेन्या एयर बेस, इर्कुत्स्कमा रहेको बेलाया एयर बेस, इभानोभोमा रहेको इभानोभो एयर बेस र रुसको डायगिलेभो एयर बेसलाई निशाना बनाएको दाबी गरेको छ । रुसको बेलाया एयर बेस युक्रेनी सीमाबाट लगभग ४ हजार किलोमिटर टाढा छ र ओलेन्या एयर बेस लगभग १८०० किलोमिटर टाढा छ । यस आक्रमणमा ए–५०, टियु–९५ र टियु–२२ जस्ता रणनीतिक बमवर्षकहरू नष्ट भएको बताइएको छ ।रिपोर्ट अनुसार, युक्रेनी सुरक्षा एजेन्सी (एसबियु) ले यो आक्रमण गरेको थियो, जसमा एफपीभी (फर्स्ट–पर्सन–भ्यू) ड्रोनहरू प्रयोग गरिएको थियो । एसबियूले आत्मरक्षामा यो आक्रमण गरेको बताएको छ, किनकि यी रूसी विमानहरूले प्रायः युक्रेनी शहरहरूलाई लक्षित गरिरहेका थिए । प्रारम्भिक अनुमान अनुसार, क्षतिको लागत २ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको अनुमान गरिएको छ । यो युक्रेनले गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो र सबैभन्दा हानिकारक ड्रोन आक्रमण भनिएको छ । यो आक्रमण सोमबार इस्तानबुलमा शान्ति वार्ता हुने र सीमापार झडप तीव्र भएको समयमा भएको हो । युक्रेनको सुरक्षा सेवाले उनीहरूको ड्रोन रूस भित्र गएर ठूला बमवर्षकहरू र ए–५० जस्ता महँगा जासूसी विमानहरूलाई क्षति पुर्‍याएको छ । ए–५० विमानहरू धेरै दुर्लभ छन् र रूससँग केवल १० वटा यस्ता विमानहरू छन् । एउटा विमानको मूल्य लगभग ३५० मिलियन डलर पर्ने भनिएको छ । यस आक्रमणमा, ुबेलायाु नामक एयरबेसलाई विशेष रूपमा लक्षित गरिएको थियो, जुन रूसको इर्कुत्स्क क्षेत्रमा छ । साथै, ‘ओलेन्या’ एयरबेसमा पनि आगलागी भएको रिपोर्ट आएको छ । टियु–९५ र टियु–१६० जस्ता विमानहरू पुराना हुन्, तर तिनीहरू लामो दूरीसम्म उड्न सक्छन् र धेरै क्षेप्यास्त्रहरू बोक्न सक्छन् । तिनीहरूलाई रूसी वायुसेनाको सबैभन्दा शक्तिशाली हतियारहरू मध्ये एक मानिन् छ। तिनीहरूलाई खसाल्नु युक्रेनको लागि ठूलो उपलब्धि मानिएको छ । युक्रेनले उनीहरूले यो आक्रमण रूसको बमबारी रोक्नको लागि गरेको बताएको छ । किनकि लगभग हरेक रात यी रूसी विमानहरूले युक्रेनी शहरहरूमा आक्रमण गरिरहेका थिए । युक्रेनको दाबीलाई रुसले पुष्टि गरेको छ । रुसको विदेश मन्त्रालयले युक्रेनले आफ्नो एयरफिल्डमा ड्रोन आक्रमण गरेको स्वीकार गरेको छ । युक्रेनको आक्रमणमा आगलागी भएको र अहिले नियन्त्रणमा आयको बताएको छ । युक्रेनको यस आक्रमणको रुसले कडा जवाफ दिने चेतावनी पनि दिएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  ०७:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार