प्रेस काउन्सिलको निर्णयप्रति ललितपुर पत्रकार महासंघको असहमति

सोमबार, जेठ १९, २०८२

ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुर शाखाले दियोपोष्ट डटकमका सम्बन्धमा प्रेस काउन्सिलले गरेको निर्णयप्रति असहमति प्रकट गरेको छ । महाशाखा ललितपुर शाखाले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै काउन्सिलको निर्णयमा असहमति प्रकट गरेको हो ।  ‘नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा ललितपुर शाखा सदस्यहरू श्री रीता बुढाथोकी सम्पादक र सुदिप विक सञ्चालक रहेको दियोपोस्ट डटकममा प्रकाशित समाचारमाथि प्रतिबन्ध लगाउने र सञ्चार माध्यममाथि नै समाचार प्रकाशनमा प्रतिबन्ध लगाउने गरि प्रेस काउन्सिल नेपालबाट भएको पत्राचारप्रति नेपाल पत्रकार महासंघ ललितपुर शाखाको गम्भिर ध्यानाकर्षण भएको छ’ ललितपुर शाखाले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ । ‘नेपालको संविधान, २०७२ ले प्रस्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । संविधानले प्रकाशित समाचार तथा समाचार सामग्रीमाथि प्रतिबन्ध लगाउने विषय परिकल्पना समेत गरेको छैन । तर, सञ्चार माध्यमको नियामक निकाय प्रेस काउन्सिल नेपाल, जो आफैमा संविधान कार्यान्वयनको महत्वपूर्ण अङ्गसमेत हो’ शाखाको विज्ञप्तिमा भनिएको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  ०७:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार