सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकारलाई दबाब दिन सार्वजनिक यातायात बचाऊ संघर्ष समितिको आह्वान गरेको आन्दोलनका कारण आज उपत्यकाको जनजीवन प्रभावित भएको छ । व्यवसायीकै विरोधका कारण आज भाडाका सवारी साधानबाट विद्यार्थी ओसार्ने निजी विद्यालयले बिदा दिन बाध्य भएका छन् । विद्यालयहरूले एप्स तथा एसएमएसमार्फ आन्दोलनका कारण आजको कक्षा बन्द गरिएको सूचना अभिभावकहरूलाई पठाएका छन् । यातायात सम्बन्धि ७ बुँदे माग पूरा गराउनका लागि सरकार समक्ष दबाब सिर्जना गर्न यातायात व्यवसायीले विरोध गरेका हुन् ।
राजावादीको उपत्यका बन्द फिर्ता
राजावादी समूहले घोषणा गरेको सोमबार उपत्यका बन्द फिर्ता भएको छ ।नवराज सुवेदीले पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दीपक बहादुर सिंह लगायत रिहा भएपछि आजको लागि यसअघि घोषणा गरेको उपत्यका बन्द फिर्ता लिएको घोषणा गरेका हुन् । पक्राउ परेका थापा र सिंह लगायतलाई गए राति रिहा भएका थिए ।