त्रिवि उपकुलपति र शिक्षाध्यक्षको कार्यालय तोडफोड गर्ने नेविसंघका विद्यार्थीमाथि कारवाही प्रक्रिया सुरू

आइतबार, जेठ १८, २०८२
Global Ime Bank
मयुर प्लाई

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्रा. खड्क केसी र शिक्षाध्यक्ष प्रा. दुविनन्द ढकालको कार्यकक्षमा तोडफोड र तालाबन्दी गर्ने नेविसंघका विद्यार्थीमाथि कारवाही प्रक्रिया शुरु गरिएको छ । त्रिवि रजिष्ट्रारको कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै जेठ १४ गते उपकुलपति केसी र शिक्षाध्यक्ष ढकालको कार्यकक्षमा तोडफोडमा संलग्नहरूलाई कानूनबमोजिम कारवाही तथा भौतिक सम्पत्ति हानी नोक्सानीको क्षतिपूर्ति भराउन कानूनी प्रक्रिया अघि बढाइएको जानकारी दिएको हो । सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख लिल्ली थापा क्षेत्रीले जारी गरेको विज्ञप्तिमा त्रिभुवन विश्वविद्यालयका केन्द्रीय पदाधिकारीहरूलाई भौतिक रूपमा आक्रमण गर्ने गरी फोनमार्फत धम्की दिने, सामाजिक सञ्जालको प्रयोग गरी पदाधिकारीको चरित्र हत्या गर्ने जस्ता कार्य गर्नुका साथै सो दिन २०-२५ जनाको समूहले उपकुलपतिको कार्यालयमा प्रवेश गरी सचिवालय तोडफोड गर्ने, पदाधिकारी एवं कर्मचारीलाई भौतिक आक्रमण गर्न खोज्ने भएको भन्दै सो गतिविधिमा संलग्न व्यक्तिहरुलाई कानुन बमोजिमको कारवाही अगाडी बढाइएको बताएका छन् ।TU1748772781-1748773693.png

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १६:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार