सोसल मिडिया
Contact Us
युनिकोड
डोटी । डोटीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार बोगटानबाट दिपायलतर्फ आउँदै गरेको सु.प.प्र. ०१ ००१ ज १४६४ नं. को बोलेरो जीप के.आई.सिंह गाउँपालिका-५ को केदार गाउँ नजिकै दुर्घटना भएको हो ।दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।जीप मोडमा अनियन्त्रित भई सडकबाट करि सय मिटर तल खसेको प्रहरीले बताएको छ ।दुर्घटनामा घाइते भएका एक महिलाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।