७ बुँदे माग राख्दै सार्वजनिक यातायात बचाऊ संघर्ष समिति प्रदर्शनमा

आइतबार, जेठ १८, २०८२
Global Ime Bank
मयुर प्लाई

काठमाडौं । सार्वजनिक यातायात बचाऊ संघर्ष समितिले आइतबार माइतीघरमा विरोध प्रदर्शन गरेको छ । आज यातायात सम्बन्धि ७ बुँदे माग पूरा गराउनका लागि सरकार समक्ष दबाब सिर्जना गर्न विरोध प्रदर्शन गरेको हो ।  समितिले विदेशी एप्लिकेसन मार्फत निजी २ (दुई) तथा ४ (चार) पाङ्ग्रे सावारी साधनले गैरकानुनी रूपमा आफूखुशी भाडा तोकी यात्रुलाई सेवा दिइरहेको कार्य तत्काल बन्द गर्न माग गरेको छ । प्रदर्शनमा सहभागी व्यवसायी सरोज सिटौलाले राजनीतिक पार्टीको एजेण्डा नभई नितान्त सार्वजनिक यातायात बचाएर गरी खान देउ भन्नका लागि यातायात व्यवसायीहरू सडकमा आएको बताए ।  उनले भने, ‘नेपाली यात्रुवाहक सवारी साधन, मालवाहक सवारी साधन हाम्रो विस्थापित भइसक्यो । अब रातो प्लेटका कारण हामी पनि विस्थापित हुने समय भयो । हामी कुनै राजनीतिक एजेण्डा लिएर आएका हैनौँ । नितान्त सार्वजनिक यातायात बचाएर गरी खान देउ भन्नका लागि हो । लाखौँ यातायात व्यवसायी र स्वरोजगार साथीहरूलाई विस्थापित गर्ने ऐन आएको छ त्यो फिर्ता हुनुपर्छ ।’ साथै उनले पटक पटक सरकारसँग गरेका मागहरू र सर्वाेच्चको गरेको निणर्य कार्यन्वयन गर्नुपर्ने बताए ।

Photo-(9)-(17)-1748768426.jpg
 
संघर्षका कार्यक्रमका मागहरू यस्ता छन् 
१. बागमती प्रदेश सरकारको सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३ को उपदफा ४ तत्काल खारेज गर्न माग गर्दछौं ।
२. विदेशी एप्लिकेसन मार्फत निजी २ (दुई) तथा ४ (चार) पाङ्ग्रे सावारी साधनले गैरकानुनी रूपमा आफूखुशी भाडा तोकी यात्रुहरूलाई सेवा दिइरहेको कार्य तत्काल बन्द गर्न माग गर्दछौं ।
३. बागमती प्रदेश सरकारले मिटर जडित ट्याक्सीको सट्टा भर्नामा लगाएको सिण्डिकेट खारेज गरी संघीय सरकारले तयार पारेको मापदण्ड यथासिघ्र लागुगरी सट्टा भर्नाको समस्या समाधान गर्न माग गर्दछौं ।

Photo-(27)-(1)-1748768430.jpg
 

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १४:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार