गाजामा युद्धविराम बारे अमेरिकाको प्रस्तावप्रति हमासले प्रतिक्रिया

आइतबार, जेठ १८, २०८२
Global Ime Bank
मयुर प्लाई

काठमाडौँ । गाजामा युद्धविरामको लागि अमेरिकाले प्रस्तुत गरेको प्रस्तावप्रति हमासले प्रतिक्रिया दिएको छ । हमासले १० जीवित इजरायली बन्धक र १८ बन्धकहरूको शव हस्तान्तरण गर्न तयार रहेको जवाफ दएको मिडिया रिपोर्टमा उल्लेख छ, तर बदलामा यसले केही प्यालेस्टिनी कैदीहरूको रिहाइ गर्नुपर्ने शर्त राखेको छ ।यसका साथै, हमासले प्रस्तावमा केही परिवर्तनहरूको पनि माग गरेको छ ।हमासले फेरि आफ्ना पुराना मागहरू दोहोर्‍याउदै युद्धको पूर्ण अन्त्य (स्थायी युद्धविराम), गाजाबाट इजरायली सेनाको पूर्ण फिर्ता र निरन्तर मानवीय सहायताको ग्यारेन्टी गर्न माग गरेको छ । तर यी मागहरू अमेरिकाको हालको प्रस्तावमा समावेश छैनन् ।हमासले न त अमेरिकी प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार गरेको छ न त यसलाई स्पष्ट रूपमा स्वीकार गरेको छ । अमेरिकाले इजरायलले आफ्नो प्रस्ताव स्वीकार गरेको बताएको छ । अमेरिकाले प्रस्तुत गरेको प्रस्तावप्रति हमासले आफ्नो प्रतिक्रिया पठाएको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्य पूर्व विशेष दूत स्टीव विटकफले सार्बजनिक गरेका थिए । विटकफले भनेका छन्, 'मलाई अमेरिकी प्रस्तावप्रति हमासको प्रतिक्रिया प्राप्त भएको छ । यो पूर्णतया अस्वीकार्य छ र शान्ति प्रक्रियालाई पछाडि लैजाने किसिमको छ । हमासले हाम्रो प्रस्तावलाई वार्ताको आधारशिलाको रूपमा स्वीकार गर्नुपर्छ, ताकि हामी अर्को हप्ताबाट वार्ता सुरु गर्न सकौं । यो नै हामीले चाँडै ६० दिने युद्धविराम लागू गर्ने एक मात्र तरिका हो ।' यसैबीच, इजरायलले भने आफुहरुले अमेरिकाको प्रस्ताव स्वीकार गरको भए पनि हमास आफ्नो जिदमा अडिक रहेको बताएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  ०९:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार