ठोरीका दुईवटा विद्यालयका विद्यार्थीलाई दीप नेपालद्वारा शैक्षिक सामग्री वितरण 

शनिबार, जेठ १७, २०८२
Global Ime Bank
मयुर प्लाई

ठोरी । दीप नेपाल नामक गैरसकारी संस्थाले ठोरीका दुईवटा सामुदायिक विद्यालयका ४२ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । हिजो दुईवटा विद्यालयमा भएको छुट्टाछुट्टै कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिकसामग्री प्रदान गरिएको दीप नेपालका अध्यक्ष विष्णु सापकोटाले जानकारी दिए । ठोरी ३ मा अवस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ओडार र ठोरी ४ मा अवस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय निर्मलबस्तीका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको पनि अध्यक्ष सापकोटाले जानकारी दिए । अति बिपन्न परिवारका विद्यार्थीहरुको पहिचान गरी उनीहरुलाई पठनपाठनमा सहज होओस् भन्ने उद्देश्यले शैक्षिकसामग्री प्रदान गरिएको अध्यक्ष सापकोटाले शब्दपाटीलाई बताए ।  दुईवटा विद्यालयमा अलगअलग कार्यक्रम गरी  शैक्षिक सामग्री प्रदान गरिएको हो ।  श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ओडारमा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष मणि घिमिरेको अध्यक्षता तथा वडाध्यक्ष शम्भु खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा १० जना अति विपन्न परिवारका विद्यार्थीहरुलाई कपी, कलम, ज्यामिट्री बक्स, झोला लगायतका महत्त्वपूर्ण शैक्षिकसामग्री वितरण गरिएको थियो भने कार्यक्रममा दीप नेपालका अध्यक्ष सापकोटाले संस्थाको उदेश्य माथि प्रकाश पारेका थिए । विद्यालयका सहायक प्रधानाध्यापक चिरञ्जीवी सापकोटाले स्वागत मन्तव्य राखेका कार्यक्रमको सहजीकरण शिक्षक नेमा तामाङले गरेका थिए । त्यस्तै श्री ने रा आ वि निर्लमबस्तीमा भएको शैक्षिकसामग्री वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष भक्तमाया श्रेष्ठको अध्यक्षता तथा ठोरी गापा उपाध्यक्ष गोकुली रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । दीप नेपालका अध्यक्ष विष्णु सापकोटा र सल्लाहकार सुरेश श्रेष्ठले दीप नेपालले ठोरी नै रोज्नुका कारण बताउँदै संस्थाको उद्देश्यलाई उजागर गरेका थिए । यस विद्यालयमा अध्ययनरत ३२ जना विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिकसामग्री वितरण गरिएको थियो । विद्यालयका प्रधानाध्यापक गोपिलाल श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण शिक्षक आशाकाजी गोलेले गरेका थिए । दुबै विद्यालयको कार्यक्रममा जनप्रतिनिधिहरु, वि व्य स का पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु प्रहरी प्रमुख ,अभिभावक ,शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । दीप नेपालले यसअघि पनि विपन्न विद्यार्थी पहिचान गर्दै शैक्षिक सामग्री प्रदान गरेको थियो । आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने समेत  अध्यक्ष सापकोटाले जानकारी दिए ।

WhatsApp-Image-2025-05-31-at-15.57.01-1748686819.jpeg
 

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  १६:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार