ट्रम्पले स्टील र आल्मुनियम आयातमा बढाए शत प्रतिशत कर

शनिबार, जेठ १७, २०८२
Global Ime Bank

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टील र आल्मुनियम आयातमा अमेरिकाले हालको कर दरमा शतप्रतिशत वृद्धि गरेका छन् ।ट्रम्पले जुन ४ देखि लागु हुने गरी हाल रहेको २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्‍याउने घोषणा गरेका हुन् ।पेन्सिलभेनियाको पिट्सबर्गमा आयोजित एक र्‍यालीमा ट्रम्पले यो कदमले स्थानीय स्टील उद्योग र राष्ट्रिय उत्पादनलाई बढावा दिने र चीनमाथिको निर्भरता घटाउने बताए ।ट्रम्पले अमेरिकी स्टील र जापानको निप्पोन स्टील बीचको साझेदारीले यस क्षेत्रको स्टील उत्पादनमा १४ अर्ब डलर लगानी गर्ने समेत बताए ।साझेदारीको विवरण अस्पष्ट रहेको र दुई कम्पनीहरूले अझै सम्झौता पुष्टि नगरेको बताइएको छ ।र्‍यालीमा स्टील कामदारहरूलाई सम्बोधन गर्दै ट्रम्पले भने- कुनै पनि कामदारलाई नहटाइने र आउटसोर्सिङ हुनेछैन, र प्रत्येक अमेरिकी स्टील कामदारले चाँडै नै उनीहरूले पाउनुपर्ने ५ हजार डलर बोनस प्राप्त गर्नेछन् ।'

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  १४:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार