फेवातालको क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर कायम

शनिबार, जेठ १७, २०८२
Global Ime Bank
मयुर प्लाई

पोखरा । फेवातालको पछिल्लो पटक पुनः नापजाँच गरी तालको यथार्थ अवस्था बारे विवरणहरू यकिन गरिएको छ ।फेवातालको सिमाङ्कन गरी प्रतिवेदन पेस गर्न गठित प्राविधिक उपसमितिले फेवातालको सिमाना यकिन गर्न डिजिपिएस प्रविधि र ड्रोन सर्वे मार्फत डिटेल सर्वेक्षण गरेको हो । पछिल्लो रिपोर्ट अनुसार २९ वटा मुख्य आधार विन्दुहरू कायम गरी ४० से.मि उचाइका २९ पिल्लरहरु जमिनमुनि गाडिएका छन् । यसको आधारमा ९ हजार नियन्त्रण बिन्दुहरू कायम गरिएका छन् । सिँचाइ डिभिजन कार्यालय कास्कीको विगत १० वर्षको रेकर्ड तथा विभिन्न समयमा बनेका फेवातालका नक्साहरूको अध्ययन पश्चात् फेवातालको हाई फ्लोड लेबल ७९४.९५ मिटर कायम गरिएको  छ । उक्त विन्दुलाई आधार मान्दा तालको ताल घर ६.३४३ वर्ग किलोमिटर अर्थात् १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम कायम हुन आएको छ ।आज तालघरको सिमानामा पोल गाड्न लागिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताएका छन् । पोल गाड्ने कार्य वाराहीघाटदेखि सुरु हुने महानगरले जानकारी दिएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, जगर प्रमुख आचार्य र प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले संयुक्त रूपमा सीमा स्तम्भ गाड्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  १३:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार