बुढीगण्डकी आयोजना बारे बाबुरामको टिप्पणी- प्रचण्डले तलवार चलाए, ओलीले पूरै घाँटी छिनाले !

शनिबार, जेठ १७, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौँ । पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको हत्या भएको टिप्पणी गरेका छन् । डा. भट्टराईले बजेटमा बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना बारे गरिएको व्यवस्थाप्रति टिप्पणी गर्दै २०७४ जेठमा तत्कालीन प्रचण्ड सरकारद्वारा तरवार चलाएर घाँटी रेट्न शुरू गरिएको यो राष्ट्रिय सपनाको आयोजनालाई अहिले ओली सरकारले २०८२/०८३ को बजेट-बक्तव्य (बुँदा २२४) मार्फत कथित 'सार्वजनिक निजी साझेदारीमा निर्माण गरिनेछ' भनेर पूरै घाँटी छिनालेको बताएका हुन् । उनले यो सरासर वदनियतपूर्ण, जनविरोधी र राष्ट्रघाती निर्णयको भर्त्सना र विरोध गरेका छन् । डा. भट्टराईले भविष्यको उज्ज्वल सपनाको खातिर आफ्नो पुस्तौंदेखिको सम्पत्ति र थातथलो सहज हस्तान्तरण गरेर यो आयोजना कार्यान्वयनकालागि पूर्ण सहयोग गर्दै आएका गोरखा र धादिंगको प्रभावित क्षेत्रका जनताप्रति पूर्ण सहानुभूति र ऐक्यवद्धता व्यक्त गर्दै यो राष्ट्रिय विश्वासघात र अपराधपूर्ण निर्णयको सशक्त प्रतिवाद गर्न प्रभावित क्षेत्रका जनता र सबै सचेत नागरिकहरूसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  १३:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार