सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । राजसंस्था पक्षधरहरुले शनिबार दरबारमार्ग महेन्द्र शालिक अगाडी गर्ने भएका छन् । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले दोस्रो दिनको माइतीघर र बबरमहल क्षेत्रको आन्दोलन सफल भएको भन्दै अब शनिबार तेस्रो दिन दरबारमार्गको महेन्द्र शालिक अगाडी गर्ने जानकारी दिएका हुन् । राजसंस्था पक्षधर दलहरु र अभियानले एक साथ विहिबारदेखि अनिश्चितकालीन आन्दोलन शुरु गरेका थिए । उनीहरुले पहिलो दिन विहिबार रत्नपार्क केन्द्रित प्रदर्शन गरेका थिए ।