आलमलाई सफाई दिने न्यायाधीशविरुद्ध न्याय परिषदमा उजुरी

शुक्रबार, जेठ १६, २०८२
Global Ime Bank

काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई सफाई दिने उच्च अदालत जनकपुरको वीरगञ्जका न्यायाधीश डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध न्याय परिषदमा उजुरी परेको छ । न्यायाधीश थारु र महर्जनविरुद्ध युवराज सफलले शुक्रबार न्यायपरिषदमा उजुरी पेश गरेका हुन् । युवराज सफलले आलमलाई सफाइ दिने उच्च अदालत न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध न्याय परिषदमा उजुरी पेश गरी दर्ताको लागि सनाखत समेत गरेको जानकारी दिएका छन् । उनले न्याय परिषद्ले यस विषयवस्तु उपर अनुसन्धान एवम् छानबिन गरी आवश्यक कारबाही गर्ने विश्वास व्यक्त गरेका छन् । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले बुधबार आलमविरुद्ध प्रमाण नपुगेको भन्दै जिल्ला अदालत रौतहटको आदेश उल्टाएको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  २०:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार