सल्यानको शारदा नगरपालिका नौलो अभ्यास 

पढाई छुटेका विद्यार्थीका लागि छात्रावास 

शुक्रबार, जेठ १६, २०८२
Global Ime Bank
मयुर प्लाई

काठमाडौं । विभिन्न कारणले पढाई छुटेका विद्यार्थीको पढाईलाई निरन्तरता दिन सल्यान जिल्लाको शारदा नगरपालिकाले छात्रावास सञ्चालनमा ल्याएको छ ।  अहिले यो छात्रावास वडा नं. ५ स्थित मार्केको जनकल्याण आधारभूत विद्यालयमा सञ्चालनमा रहेको नगरपालिकाले जनाएको छ । विद्यार्थीले यो छात्रावासमा बसेर आफ्नो पढाईलाई निरन्तरता दिन सक्छन् । नगर प्रमुख प्रकाश भण्डारी स्थानीय तहले ल्याएको यो नौलो अवधारणा भएको बताउँछन्  । शिक्षा क्षेत्रमा पालिकाले गरेको नविनतम अभ्यास भएको दाबी गर्दै उनी भन्छन्, ‘स्थानीय सरकारले छात्रावास संचालन गरेको यो सम्भवत यो पहिलो हो ।’ यस्तो अवधारणा उनमा कसरी आयो त ? यो प्रश्नको सहज उत्तर छ, उनीसँग ।

WhatsApp-Image-2025-05-30-at-18.39.45-(1)-1748616730.jpeg
भन्छन्, ‘आमाबाबुको संरक्षण नहुँदा धेरै बालबालिकाले पढाई छोड्नुपर्ने बाध्यता अझै छ, त्यसको अन्त्यका लागि यो काम गरेका हौँ  ।’ छात्रावासको अवधारणाले विद्यालयको शैक्षिक स्तरमा समेत सुधार हुने उनको विश्वास छ । छात्रावासलाई अझै व्यवस्थित बनाउन आउँदो आर्थिक वर्षमा पालिकाले सिड मनीको व्यवस्था गर्ने तयारी गरेको छ । उनले भने, ‘यो छात्रावासका लागि बाह्य स्रोत जुटाएर स्थानीय सरकारले संचालन गरेको नमूना छात्रावास बनाउने तयारी छ ।’ तीन वर्षअघि स्थानीय सरकार प्रमुखको रुपमा सल्यानको शारदा नगरपालिकाको नेतृत्व सम्हाले पछि उनले शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरेका छन् । भौतिक पूर्वाधारसँगसँगै शिक्षा र स्वास्थ्य  पालिकको प्राथमिकता भएको उनको भनाई छ । भन्छन्, ‘भौगोलिक वनावटका कारण पनि बजेटको निश्चित प्रतिशत पूर्वाधार निर्माणमा छुट्याउनै पर्छ, तर हामीले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेका छौ‌ ।’

WhatsApp-Image-2025-05-30-at-18.39.45-1748616731.jpeg
 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  २०:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार