सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले बजेट अटोमोवाइल मैत्री आएको बताएको छ । बजेट बारे आफ्नो धारणा सार्बजनिक गर्दै नाडाले सरकारले नाडाको नीतिगत सुझावहरुलाई मननगरी आर्थिक बर्ष २०८२-०८३ को बजेट अटोमोवाइल मैत्री ल्याएको टिप्पणी गरेको हो । नाडाले भनेको छ, 'नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील एवं चलायमान बनाउन नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले विभिन्न मितिमा नेपाल सरकारको मन्त्रालय एवं विभागहरुमा विभिन्न नीतिगत सुझावहरु एवं सल्लाहहरु दिएको थियो । नाडाको नीतिगत सुझावहरुलाई मननगरी आर्थिक बर्ष २०८२-०८३ को बजेट अटोमोवाइल मैत्री आएको छ ।' खाशगरी यस बजेटले नेपालको अटोमोवाइल क्षेत्रको बर्षौ देखिको माग र आवाजलाई समेटेको उल्लेख गर्दै नाडाले यो बजेट व्यवसाय मैत्री रहेको र यस बजेटले उद्यमी र व्यवसायीहरुलाई प्रोत्साहित मात्र गरेको छैन, यसले नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउने आशा गरेको बताएको छ । साथै नाडाले आउदो मोद्रिक नीति समेत यसै अनुरुप आउने अपेक्षा समेत राखेका उल्लेख गरेको छ ।