नारायणहिटी दरबार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

शुक्रबार, जेठ १६, २०८२
Global Ime Bank

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नारायणहिटी दरबार क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौंको नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा शनिबार जेठ १७ देखि आगामी असार २४ गतेसम्मका लागि निषेध क्षेत्र घोषणा गएका हुन् । प्रमुख जिल्ला अधिकारीको आदेशमा केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म तथा महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार संग्रहालय दक्षिण गेटसम्म विरोधका कार्यक्रम गर्न नपाइने उल्लेख छ ।साथै नारायणहिटी दरबार क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।यसअघि राष्ट्रपति र उपराष्ट्रपतिको भवन अगाडी, बानेश्वरस्थित संसद भवन क्षेत्र, भद्रकाली, सिंहदरबार लगायत क्षेत्र निषेधाज्ञा तोकिएको थियो ।राजसंस्था पक्षधरहरुले शनिबार दरबारमार्ग महेन्द्र शालिक अगाडी गर्ने भएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

Single Image

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  २०:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार