सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २३ नं. वडा कार्यालयले युवाहरूलाई लक्षित गरी वेकरी तालिम सुरु गरेको छ । वडा कार्यालयले आ.व. २०८१/०८२ को वडा स्तरीय बजेटबाट वडाका स्थायी बासिन्दा युवाहरूलाई लक्षित गरी तालिम सुरु गरेको हो । वडा कार्यालयलको सहयोग तथा लगनखेलस्थित पिनाकल ट्रेनिङ एकेडेमीसँगको सहयाकार्यमा सञ्चालन गरिएको तालिममा एसईई तथा कक्षा १२ को परीक्षा दिएर बसेका युवाहरूलाई प्राथमिकता दिइएको वडा कार्यालयले जानकारी गराएको छ । बेकरी तालिमको एक समारोहबीच ललितपर महानगर २३ नं. वडाका वडाअध्यक्ष जीवन महर्जनले उद्घाटन गर्नुभयो । उद्घाटनका बेला वडाअध्यक्ष महर्जनले एईई तथा १२ कक्षा परीक्षा दिएर बसेको भाईबहिनीहरूलाई उनीहरूको भविष्यलाई लक्षित गरी तालिम कार्यक्रम आयोजना गरिएको बताउँदै वडा कार्यालयको यो मर्मलाई बुझेर तालिममा सहभागी हुन सहभागीलाई निर्देशन दिनुभयो । उहाँले समयले कसैलाई नपर्खने बताउँदै समय सदुपयोग गर्ने मानिसको नै भाग्य बलियो हुने बताउनुभयो । ‘तपाईंहरूको उमेर यस्तो छ कि तपाईंहरूको दिमागमा जे राखे पनि समाउन सक्छ, यस्तो समय फेरि आउँदैन’, उहाँले भन्नुभयो, ‘समयको ख्याल जसले गर्छ त्यही मानिसनै अघि बढ्छ । माथि पुग्छ । समय नै सबैभन्दा ठूलो हो ।’ उहाँले अहिले यो तालिम लिएका युवाहरूले राम्रो गर्नुभयो भने वडा कार्यालयले एडभान्स तालिम पनि दिन सक्ने भन्दै यो तालिम अवधि अनुशासित तथा नियममित भएर सहभागी हुन आह्वान गर्नुभयो । वडाअध्यक्ष महर्जनले युवालाई नै लक्षित गरी वडा कार्यालयले व्यक्तित्व विकास सम्बन्धी तालिम सञ्चालन गर्न गइरहेको जानकारी दिनुभयो । कार्यक्रम पिनाकल एकेडेमीका पदाधिकारीहरूले सिप सिकाउने अवसर प्रदान गरेकोमा वडाअध्यक्षसहित वडा परिवालाई धन्यवाद दिएका थिए ।