बजेट यथार्थपरक छ, पूँजीगत खर्चको विनियोजन बढाइएको छ : अर्थमन्त्री 

शुक्रबार, जेठ १६, २०८२
Global Ime Bank

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्चको विनियोजन बढाइएको बताएका छन् । आर्थिक वर्ष २०८२/०८३ को बजेट सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले चालु खर्चलाई सीमाभित्र राखिए पनि सरकारी वित्त हस्तान्तरणको आकारलाई वृद्धि गरिएको बताएका हुन् । यनले भने, ‘यो बजेट कार्यान्वयन हुन्छ भन्ने कुरामा म सबैलाई विश्वास दिलाउन चाहन्छु । बजेट कार्यान्वयनका निम्ति व्यवहारिक, वस्तुनिष्ठ कार्यतालिका निर्माण गर्न अर्थ मन्त्रालय आजैदेखि काममा तत्पर रहेको छ । बजेटको आकारको बारेमा कुरा गर्दा पूँजीगत खर्चको विनियोजन बढाइएको छ । चालु खर्चलाई सिमाभित्र राखिएको छ । सरकारी वित्त हस्तान्तरणको आकारलाई वृद्धि गरिएको छ ।’ साथै अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट यथार्थपरक ल्याएका दाबी गरे । उनले यस पटक बजेटको आकारको विषयमा त्यति टिप्पणी नभएको बताए ।  उनले भने, ‘यो बजेट आम्दानी र खर्चको यथार्थपरक छ । आम्दानी र खर्च दुवैको प्रश्नमा बजेट यथार्थपरक छ । होटेल, रिर्सोट, सूचना प्रविधि उद्योगबाट हुने आयमा विशेष उद्योग सरह सुविधा दिने प्रबन्ध गरिएको छ । अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएका थिए । बजेट चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगत तर्फ ४ खर्ब ७ अर्ब ८९ करोड र वित्तीय तर्फ ३ खर्ब ७५ अर्ब २४ करोड विनियोजन गरिएको छ । सरकारले ल्याएको बजेटका लागि राजश्व, अनुदान र ऋणबाट स्रोत जुटाइने भनिएको छ । जसमा राजश्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड, वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब र आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब स्रोत जुटाइने भनिएको छ ।’

Photo-(3)-(4)-1748610680.jpeg
 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १९:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार