एमालेको गणतन्त्र उत्सव भव्य र शान्त रह्यो : महासचिव पोखरेल

शुक्रबार, जेठ १६, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको गणतन्त्र उत्सव भव्य र शान्त रुपमा समापन भएको बताएका छन् ।  एमालेले बिहीबार आयोजना गरेको गणतन्त्र उत्सवको समापनमा बोल्दै उनले विभिन्न जातजातिका बाजागाजासहित र्यालीकासाथ गणतन्त्र उत्सवलाई भव्य रुपमा समापन गरिएको जानकारी दिए ।  उनले भने,‘हामीले यो उत्सव अत्यन्तै भव्य र शान्त रुपमा विभिन्न जातजाति बाजागाजा संस्कृतिकासाथ गणतन्त्र उत्सवलाई भव्य र्यालीकासाथ सम्पन्न गरेको छौं ।’ त्यस्तै उनले जनताको बलिदानबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्र जनताको सार्वभौम सत्ताको प्रतिकको रुपमा रहेको बताए । गणतान्त्रिक व्यवस्थामार्फत नेपाली जनतालाई विकास र समृद्धिको यात्रामा अगाडि बढाउने प्रयास निरन्तर जारी रहने उनको भनाई छ ।  उनले भने,‘जनताको बलिदानबाट प्राप्त भएको लोकतन्त्र या गणतन्त्र जनताको सार्वभौम सत्ताको प्रतिकको रुपमा छ । नेपालको बहुभाषिक बहुसांस्कृतिक विशेषताको आधारमा समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना गरेको छौं । त्यो व्यवस्थामार्फत नेपाली जनतालाई विकास र समृद्धिको यात्रामा अगाडि बढाउने प्रयास निरन्तर जारी छ ।’ लोकतन्त्र र गणतन्त्रले के दियो भनेर प्रश्न गर्ने गरेको भन्दै उनले अहिले समाज समान्तातर्फ अगाडि बढ्नकासाथै मध्यम वर्गको उद्य भइरहेको बताए ।  
 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  ०८:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार