पाल्पा, सुनसरी र दाङमा पेट्रोलियम पदार्थको अन्वेषण गरिने

बिहीबार, जेठ १५, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन् ।अर्थमन्त्री पौडेलले पाल्पा, सुनसरी र दाङमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने घोषणा गरेका छन् । अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा भने- ‘पाल्पा, सुनसरी र दाङमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरिनेछ। अन्तर्राष्ट्रिय क्षेत्रबाट सक्षम अनुसन्धानकर्ता छनोट गरी रियल अर्थ मेटलको सम्भाव्यता अध्ययन गरिनेछ ।'यसैगरी, खानीजन्य पदार्थको अन्वेषण, उत्पादन र बजारीकरणको सम्भावना यकिन गर्न विज्ञहरूको सहभागितामा राष्ट्रिय सम्मेलन आयोजना गरिने उनले बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १६:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार