बजेट भाषण- आगामी वर्षमा ५ लाख जग्गाधनी पूर्जा बाँडिने

बिहीबार, जेठ १५, २०८२
Global Ime Bank

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन् ।अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ मा ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पुर्जा बाँड्ने घोषणा गरेका छन् । आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री पौडेलले यस्तो घोषणा गरेका हुन्.। उनले भनेका छन्- भूमि सम्बन्धी कानुनमा संशोधन गरी भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्यालाई स्थायी समाधान गरिनेछ । आगामी आवभित्र लगत ५ लाख परिवारलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराइने छ ।'

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १५:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार