सोसल मिडिया
Contact Us
युनिकोड
हामीले घोषणा गरेको आन्दोलनको उद्देश्य भनेको राजसंस्थार हिन्दु राष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी, देशमा भ्रष्टाचारको अन्त्यर सुशासनको स्थापना जस्ता जनजीविकासँग सम्बन्धित विषय स्थापित गर्नका लागि हो । तर धेरैको प्रश्न आएको छ जेठ १५ नै किन भनेर । किन भने गल्ती जहाँबाट भएको छ, जहिलेबाट भएको छ, त्यहीबाट सच्याउनका लागि अर्थात जेठ १५ गते जुन गल्ती भयो, त्यस्तो गल्ती सुधार गराउन यही दिनलाई रोजेका हौं । गणतन्त्र दिवसकै दिन हामीले गणतन्त्र अन्त्यको विषय पनि उठाउन सुरु गरौं भनेर यही मिति रोजेका हौं । आन्दोलनको स्वरुप पूर्णरुपले शान्तिपूर्ण हुन्छ । अहिंसात्मक हुन्छ, सत्याग्रहमा आधारित हुन्छ र यसमा कुनै पनि प्रकारका हिंसा भड्काउने खालको काम हाम्रो तर्फबाट हुँदैन् । नेपालको ठूलाठूला परिवर्तनहरू खासगरी २००७, ०४६, ०६२/६३ सालको आन्दोलन र परिवर्तनको कुरा गर्दा यो तीनै वटा परिवर्तन कुनै चुनावबाट नभएर आन्दोलनबाट नै भएको हो । आन्दोलन, आन्दोलनपछि सम्झौता र निष्कर्ष भएकाले यस पटक पनि हामीले आन्दोलन र जन दबाबबाट नै राजनीतिक दलहरूलाई खास गरी अहिलेको सत्ता एवम गणतन्त्रका पक्षधरहरूलाई वार्तामा ल्याउने र एउटा सहमतिको बाटोबाटै नयाँ समझदारी कायम गरेर मुलुकमा राजादेखि गणतन्त्रवादीहरू सबै अटाउने मौलिक व्यवस्था निर्माण गर्नका लागि आन्दोलन तय गरिएको हो । हामीले खोजिरहेको परिवर्तनप्रति उत्साह बढेर गएको छ र देशभरबाट हजारौंका संख्यामा मानिसहरु काठमाडौं आएका छन् । यस्ता संवेदनशिलता र जनताको चाहनालाई सत्तारुढ पक्ष अथवा गणतन्त्रको पक्षधर दलहरूले पनि बुझ्ने छन् । र हिजो भएको गल्ती कमजोरीहरु सच्चाएर नविन समझदारीको लागि तयारी हुदैँछन् । हिन्दुराष्ट्र कुनै जात विशेषले मान्ने धर्मको कुरा मात्र होइन् । नेपालको एकता र पहिचानसँग सम्बन्धित विषय हो । हिजो हिन्दु राष्ट्र हुँदाकोही मानिस निषेधित थिएनन् । कुनै धर्म, जात, संप्रदायका मानिस उपेक्षित थिएनन् । बरु संरक्षित र सुरक्षित थिए । पछिल्लो दिनमा धर्मका आन्दोलन जुन जालो अथवा डडेलो बढेर गएको छ त्यो धर्म निरपेक्षताको आडमा नै हो । धर्म निरपेक्षताको आडमा बढेको धर्मान्तरणले अल्पसंख्यकहरू आज असुरक्षित छन् । धार्मिक द्वन्द्वको सम्भावना बढेर गएको छ । त्यसकारण राज्यको तर्फबाट अल्पसंख्यकहरूको सुरक्षाको सुनिश्चिता गर्दै सर्व धर्म स्वभाव, पूर्ण धार्मिक स्वतन्तत्रा सहितको हिन्दुराष्ट्र हुनुपर्छ । यो सबैको पहिचान र एकतासँग सम्बन्धित विषय हो । यसले कसैलाई निषेध गर्दैन् । राप्रपाको मात्र आन्दोलन भएको भए स्वभाविकरुपमा मैंले नै नेतृत्व गर्थें । म पार्टीको अध्यक्ष भएकाले नेतृत्व मेरो हुन्थ्यो । तर अहिले धेरै पार्टी शक्तिहरु जसमा विचारमा अलग अलग छौ । सबैको सहमतिमा नै यो आन्दोलनलाई अगाडि बढाइरहेको हुनाले जेष्ठ सदस्यलाई आन्दोलनको नेतृत्व गर्ने र हामीहरु समान हैसियतमा बस्ने निर्णय गरेर अगाडि बढिरहेका छौं । हामीले घोषणा गरेको शान्तिपूर्ण प्रदर्शनले आवतजावतमा अवरोध गर्छ । केही असर पुर्याउँछ । चारैतिर छरिएर, धेरै ठाउँमा कार्यक्रम गरेर, धेरै अवरोध सृजना गर्नुभन्दा एक ठाउँमा गर्दा कम असुविधा हुन्छ । सोही हिसाबले र सबैले देख्नेगरी रत्नपार्कलाई रोजेका छौं । यतिबेला आन्दोलनको असफलताको कल्पना गरेका छैनौं । आन्दोलनमा हामीले चाहे जस्तो भए वा हामीले परिकल्पना गरेजस्तो भयो भने एकै दिनमा निष्कर्षमा पुग्न सकिन्छ । तर हामीले परिकल्पना गरेजस्तो जनसहभागिता भएन भने, दबाब सृजना गर्न सकेनौं भने आगामी आन्दोलनको वातावरण बन्छ । यसमा निराश हुनुपर्ने र इमेज खत्तम भयो भन्ने कुरा हुँदैन् । यो निरन्तर प्रक्रिया हो । तर हामी विश्वस्त छौं । २५ औं हजार मानिसहरू उपत्यका बाहिरबाट काठमाडौं भित्रि सकेकाले उत्साहथपेको छ ।काठमाडौंउपत्यकाकै मानिसहरुमापनिउत्साह देखिरहेको छौं । त्यसले पनि परिवर्तन चाँही सम्भवछ । गतचैत्र १५गतेको घटनालाई पनिहामीले विभिन्न कोणवाहिसाबले आफ्नो कुराहरु राखिरहेको छौं । एउटा त त्यो हिंसा भड्काउनुमा सरकार नै जिम्मेवार थियो । र सरकारले संयमता नअपनाउँदा त्यो हिंसा भएको हो । त्यति ठूलो क्षति व्यहोर्नु पर्यो । दुईजना मानिसको ज्यान गयो । कयौं घाईते भए । भौतिक क्षतिहरु भयो । त्यो दुर्भाग्यपूर्ण हो । यसमा सरकार नै जिम्मेवार छ सरकारले नै यो हिंसा भड्काएको हो भन्ने हाम्रो दाबीछ । तर सरकार पक्षभन्छ ।प्रदर्शनकारीहरु हिंस्रकभए ।यसमा सत्यतथ्य छान बिनहुन आवश्यक छ ।त्यसक ालागि निष्पक्ष् ाछानबिन गर्न न्यायिक आयोग गठन गर्न जरुरी छ । थुनामा परेका मानिसहरुको बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टीले रिहाइको माग राखेको छ । छानबिनपछि जे टुंगो लाग्छ, जो दोषी हुन्छ । त्यसलाई कारबाही गर्नुपर्छ भनेर प्रारम्भमा नै भनेका छौं । यसका लागिद बाबपूर्ण कार्यक्रमहरु पनि आयोजना गर्यौं । न्यायिक लडाईँमा थुनामा रहेका साथीहरुका पक्षमा सहयोग गरिराखेका छौं । यतिबेला देश एउटा विशिष्ट अवस्थामा पुगेको छ । हामीले पछाडि फर्कने कुरा गरेका छैनौं । तर देश अब यही रहिराख्ने अवस्थामा चाँही छैन । सरकार यथास्थितिको कुरा गरिराखेको छ । अहिले ठिक छ यही नै ठिक छ र काम नै ठिक छ भनिरहेको छ । यही बाटोबाट नै देशले विकासको निकास प्राप्तगर्छ भन्ने उहाँहरुको ठम्याई छ । तर देश विशिष्ट अवस्थामा छ । हालकै अवस्थामा रहने अवस्था छैन् । देशले एउटा परिवर्तन खोजेको छ । यही नेतृत्व र यही नेतृत्वले ल्याएको यो व्यवस्थाबाट देशले निकास पाउने र परिवर्तन सम्भव छैन् । त्यसैले व्यवस्था परिवर्तन जरुरी छ । गृहमन्त्रीको राजीनामा भनेको नैतिकताको कुरा हो । गृहमन्त्री राजीनामाको प्रसंग संसार भर रहेको प्रचलन हो । धेरै अगाडि नेपालमा नैतिकताका कुराहरु थिए । यो विषय नैतिकतासँग र निष्पक्षतासँग पनि जोडिएको विषय छ । उहाँकै अन्तर्गत र उहाँले नै सरुवा गरेर जिम्मेवारी दिएको मानिस अनुसन्धानको दायरामा आइसकेपछि र कतिपय सन्दर्भमाउहाँको समेत नाम आइसकेपछि गृहमन्त्रीले राजीनामा दिने र अनुसन्धानलाई सहयोग गर्ने हो । अहिले उहाँको विषयमा अनुसन्धान गर्नुपर्यो भने कसले गर्ने, गर्ने भनेको प्रहरीले हो । तर उहाँ आफैं सम्बद्ध रहेको प्रहरीले कसरी अनुसन्धान गर्छ । अनुसन्धान प्रभावित नहोस् भन्नको लागि राजीनामा को कुरा उठाएका हौं । अनुसन्धानबाट सत्थतथ्य सार्वजनिक हुन दिनु राम्रो हुन्छ भनेर राजीनामा दिन भनेका हौं । अनुसन्धालाई मद्दत गर्न र िनष्पक्ष तरिकाले छानबिन गरेपछि निर्दोष प्रमाणित भयो भने फेरी गृहमन्त्री हुने हो । –आन्दोलनको पूर्वसन्ध्यामा नेपाल न्यूज बैंकसँग राप्रपाअध्यक्ष राजेन्द्र लिङ्देनसँग गरिएको कुराकानीमा आधारित)