राजसंस्था पक्षधरको ७ स्थानबाट जुलुस निस्कने, लिङदेन मैतीदेवी हुदै रत्नपार्क पुग्ने

बिहीबार, जेठ १५, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौँ । राजसंस्था पक्षधरहरुको आजबाट शुरु हुने आन्दोलन काठमाडौँक विभिन्न स्थानबाट जुलुसअहित अपराहन्न २ बजे रत्नपार्क पुग्ने भएको छ । राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको र्‍याली १:१५ बजे मैतिदेवी चोकबाट रत्नपार्कतर्फ अघि बढ्नेछ र २ बजे रत्नपार्क पुग्ने छ । त्यस्तै शहरका विभिन्न ७ ठाऊँबाट ठूला र्‍याली निस्कनेछन् भने अन्य दर्जनौं र्‍यालीहरु पनि रत्नपार्क पुग्ने श्रेष्ठले जानकारी दिए ।साथै प्रवक्ता श्रेष्ठले राजसंस्था पक्षधरहरुको आजबाट हुने आन्दोलनमा सहभागी हुन नौबिसे हुँदै काठमाण्डौं आइरहेका नेता कार्यकर्तालाई रोक्ने, अनावश्यक सोधपुछ गर्ने र आवागमनमा बाधा उत्पन्न गरिएको भन्ने सुचना प्राप्त भएको भन्दै त्यसो नगर्न र सहज वातावरण बनाउन जिम्मेवारीपूर्वक प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १३:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार