राजावादीको आन्दोलनमा दुर्गा प्रसाईंको समूह सहभागी नहुने

बिहीबार, जेठ १५, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले आज गर्न लागेको आन्दोलनमा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ सहभागी नहुने भएको छ । राप्रपासहित राजावादी समूहले गर्न लागेको उक्त आन्दोलनमा आफूहरूको सहकार्य नरहेको सो अभियानका केन्द्रीय सचिव प्रेमदिप लिम्बूले जानकारी गराएका छन् । ‘जेठ १५ गतेको आन्दोलन राप्रपा नेतृत्वको जनअन्दोलन भएकोले हाम्रो सहाकार्य नरहेकोले सहभागी नहुन अनुरोध सहितको निर्देशन गर्दछौं,’ लिम्बूले जारी गरेको विज्ञप्तिमा भनिएको छ । आन्दोलनको क्रममा कुनै घटना घटेको खण्डमा आफ्नो अभियान कुनै पनि जिम्मेवारी नलिने पनि विज्ञप्तिमा जनाइएको छ । राप्रपासहितका राजावादी समूहले प्रदर्शन गर्दैछ ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १३:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार