शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन : प्रधानमन्त्री ओली

बिहीबार, जेठ १५, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै आज शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन भएको बताएका छन् । शुभकामना दिँदै आज मुकुटको होइन–मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन, जनताको सात दशक लामो बलिदानीपूर्ण संघर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिन भएको बताएका छन् । उनले गणतन्त्र दिवसको गरिमामय अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना दिएका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  ०६:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार