सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सडकबाट राजा ल्याउने कुरा सम्भव नरहेको बताएका छन् । पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले जनताको विकल्प अरु हुन नसक्ने बताए । उनले भने, ‘बेबी किङका सन्दर्भमा राजतन्त्र भएका बेला बिभिन्न तर्क भए होलान तर, अहिले गणतन्त्र र जनताको युग हो । जनताको विकल्प अरु कुरा कुनै पनि हिसाबले सम्भव छैन ।’ उनले संविधानको फैसला सडकबाट बदल्ने कुरा मुर्खतामात्र रहेको दाबी गरे । महासचिव पोखरेलले तत्काल वामपन्थी नामका पार्टीहरूसँग एकताको आवश्यकता र सम्भावना नरहेको समेत बताए । उनले वामपन्थीका नाममा कम्युनिस्ट आन्दोलनलाई नै कमजोर पार्न विभाजनको खेती गर्नेहरूसँग एकताको अर्थ नहुने बताए । विगतमा पार्र्टी नेता भएका कारण एमालेका नेताहरू पूर्व राष्ट्रपतिको भ्रमण दलमा सामेल हुनु स्वभाविक रहेको पोखरेलको दाबी छ ।