सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज हङकङ गएकी छन् । परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य, केन्द्रीय विदेश आयोगको कार्यालयका निर्देशक तथा जनवादी गणतन्त्र चीनका परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणामा अन्तर्राष्ट्रिय मध्यस्थता संगठनको स्थापनासम्बन्धी महासन्धिको हस्ताक्षर समारोहमा पर्यवेक्षकको रूपमा भाग लिन उनी हङकङ गएकी हुन् । हस्ताक्षर समारोह ३० मे २०२५ मा जनवादी गणतन्त्र चीनको हङकङ विशेष प्रशासनिक क्षेत्रमा आयोजना हुँदैछ । परराष्ट्रमन्त्रीले परराष्ट्र मन्त्रालय र हङकङस्थित नेपालको महावाणिज्य दूतावासका वरिष्ठ अधिकारीहरू सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गर्ने छन् ।उनी ३१ मे २०२५ मा काठमाडौं फर्किने तालिका रहेको छ ।