प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित

बुधबार, जेठ १४, २०८२

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठक सूचना टाँस गरेर भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । यसअघि बसेको बैठक विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै अवरोध गरेपछि सभामुख देवराज  घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका थिए । त्यसपछि समयमा बैठक बस्न नसकेपछि संघीय संसद सचिवालयले सूचना प्रकाशित गर्दै विशेष कारणले साढे ३ बजे बस्ने गरी सभामुखले निर्धारण गरेको जानकारी दिएको थियो । विहिबारको बैठकमा बजेट प्रस्तुत हुने छ । गृहमन्त्रीको राजीनामाको माग गरेर संसद अवरुद्ध गरिरहेका विपक्षी दलहरु बजेट प्रस्तुत गर्न दिन भने सकारात्मक रहेका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  २०:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार