अफताव आलमलाई उच्च अदालतको सफाई

बुधबार, जेठ १४, २०८२

काठमाडौं । बम विस्फोट गरी व्यक्ति हत्या गरेको आरोपमा जन्मकैद सजाय पाएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले सफाइ दिएको छ ।बुधबार न्यायाधीश डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्ला अदालत रौतहटको जन्मकैदको फैसला उल्टाएको हो । आलममाथि पहिलो संविधानसभाको चुनावको अघिल्लो दिन रौतहटको राजपुरस्थित उनका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरुलाई जिउदै इँटाभट्टामा जलाएर हत्या गरिएको आरोप थियो ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  २०:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार