प्रधानमन्त्री ओली र देउवा संसदको अवरोध हटाउने विषयमा छलफलमा

बुधबार, जेठ १४, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा छलफलमा जुटेका छन् ।बुधबार बिहान सभापति देउवा गृहमन्त्री रमेश लेखक र स्वास्थ्यमन्त्री प्रदीप पौडेलसहित बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग संसदको अवरोध हटाउने विषयमा छलफल गरिरहेको बताइएको छ ।बालुवाटार स्रोतका अनुसार विहिबार बजेट ल्याउनैपर्ने संबैधानिक बाध्यता रहेकाले संसदको अवरोध खुलाउन प्रधानमन्त्री ओली र देउवा छलफलमा जुटेका छन् ।सबै विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामालाई बटमलाइन बनाउदै संसद अवरोध गरेपछि सरकार अप्ठ्यारोमा परेको छ । 

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १२:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार