सोसल मिडिया
Contact Us
युनिकोड
हेटौडा । बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज प्रदेशसभाको बैठकमा पेस हुने भएको छ । आज अपराह्वान १ बजेदेखि बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आगामी वर्षका लागि नीति तथा कार्यक्रम पेस गर्ने छन् । प्रदेश सरकारका प्रवक्तासमेत रहेका प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम स्वीकृत गरिसकेको र आज प्रदेशसभामा पेश हुने जानकारी दिए ।