राराको पानीसहित सगरमाथा आरोहण गरेका बोहोरालाई वनमन्त्री शाहीले गरे सम्मान

बुधबार, जेठ १४, २०८२

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले रारा तालको पानीसहित विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका अक्कल बोहोरालाई सम्मान गरेका छन् । मन्त्री शाहीले बोहोरालाई सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्न सफल भएकोमा बधाई दिदै सम्मान गरेका हुन् । नेपाली राष्ट्रिय टिमका धावक, सफल व्यवसायी र समाजसेवी अक्कल बोहोराले रारा तालको पानीसहित विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । बोहोरा मुगुको पहिलो सगरमाथा आरोही हुन भने उनले ४२ दिन लगाएर सगरमाथा चढेका थिए ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  ०९:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार