ज्ञानेन्द्र शाहीको आग्रह- प्रधानमन्त्रीज्यू अति गर्नुस् अत्याचार नगर्नुहोस् !

मंगलबार, जेठ १३, २०८२

काठमाडौँ । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अत्याचार नगर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै शाहीले अति गरे खती हुन्छ भन्ने बुढापाकाको कथन सुन्ने बानी बसाल्न आग्रह गरेका छन् । उनले भनेका छन्, 'सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू । हिंसा भड्काउँदै अभिव्यक्ति दिदै हिड्ने तपाई संविधान र नेपालको प्रचलित ऐन कानुनको धज्जी उडाउने तपाईँ अनि पक्राउ पर्नुपर्ने चाहिँ राप्रपाका युवा नेता तथा केन्द्रीय सदस्य रवि किरण हमाल ? सम्माननीय प्रधानमन्त्रीज्यू अति गर्नुस् अत्याचार नगर्नुहोस् । अति गरे खती हुन्छ। बुढापाकाको कथन सुन्ने बानी बसाल्नुहोस्।'

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १९:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार