लगानी बोर्डले सौर्य उर्जासँग सम्बन्धित आयोजना अध्ययन अगाडि बढाउने

मंगलबार, जेठ १३, २०८२
Global Ime Bank

काठमाडौं । लगानी बोर्डको सौर्य उर्जासँग सम्बन्धित आयोजना अध्ययनको प्रस्तावलाई स्वीकृति दिने निर्णय गरेको छ ।  मंगलबार बसेको बैठकले बिहान र बेलुकाको समयमा उर्जाको अत्यन्तै खपत आवश्यक पर्ने अवस्थामा प्राप्त प्रस्तावलाई बोर्डले स्वीकृत गरेर अध्ययनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको बोर्डका सिइओ सुशील ज्ञवालीले जानकारी दिए ।  उनले भने,‘सौर्य उर्जासँग सम्बन्धित आयोजना अध्ययन गर्ने कुरामा करिब एक हजार मेघावटको अध्ययन गर्ने गरेर निजी क्षेत्रले प्रस्ताव गरेको थियो । ब्याट्री इस्टोरेज प्रोजेक्ट जसले गर्दा पिक लोडका समयमा उर्जाको अत्यन्तै खपत आवश्यक पर्ने अवस्थामा उर्जाको प्राप्त नहुने अवस्था थियो । त्यसलाई समाधान गर्ने गरेर प्राप्त प्रस्तावलाई बोर्डले स्वीकृत गरेर अध्ययनको प्रकृया अगाडि बढाउने निर्णय भएको छ ।’

Photos-(5)-1748350860.jpg
 

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १८:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार