सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ०.८५ अंकले बढेर २६७५.६२ को बिन्दुमा कायम भएको हो ।आज ३१८ कम्पनीको एक करोड ४२ लाख ९९ हजार ३९४ कित्ता शेयर ५९ हजार ६३३ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ५२ करोड ७८ लाख ३९ हजार ५८१ बराबरको कारोबार भएको छ ।आज कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट बैंक लिमिलेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबैभन्दा धेरै घट्नेमा भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ७.०९ प्रतिशतले घटेको छ ।आज कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनी लिमिटेडको ६३ करोड ५८ लाख १९ हजार बराबरको १४ लाख ३४ हजार ३४१ कित्ता शेयर किनबेच भएको छ ।