प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्म स्थगित

मंगलबार, जेठ १३, २०८२

काठमाडौं। प्रतिनिधि सभाको आजको बैठक सूचना टाँस गरेर भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। भिजिट भिषा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा स्वतन्त्र छानबिन आयोग बनाउनु पर्नु भन्दै संसदमा आज अबरोध गरेका थिए। बिहान बैठक सुरू भएलगत्तै नेकपा माओवादी केन्द्र, रास्वपालगायतले गृह मन्त्री लेखकको राजिनामा माग गरेका थिए। संसद चल्न नदिए पछि ३० मिनेटका लागि स्थगित गरिएको बैठक दिऊँसो २:३० बजे बस्ने भनिएको थियो। सो समय सिमा भित्र पनि बैठक बस्न नसके पछि सुचना टाँस गरेर भोलि ११:०० बजेसम्मका लागि स्थगित गरिएको हो।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १६:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार