घर बीमा गर्ने सल्यान जिल्लाकै पहिलो पालिका शारदा 

२० लाखसम्म व्यक्तिगत घरको बीमा गरिने  
मंगलबार, जेठ १३, २०८२

ललितपुर । मान्छेको बीमा, पशुको बीमा गरिएको त हामीले सुनेकै हौँ । घर बीमा कार्यक्रम भर्खर भित्रिएको नौलो र पृथक कार्यक्रम हो । यो नौलो कार्यक्रम अन्तर्गत सल्यानको शारदा नगरपालिकामा रहेका घरहरु समेटिने भएका छन् । कर्णालि प्रदेश सरकारको घर बीमा कार्यक्रम अन्तर्गत शारदा नगरपालिकामा रहेका व्यक्तिगत घरहरुको बीमा हुन लागेको हो । नगर प्रमुख प्रकाश भण्डारीले सल्यान जिल्लामा रहेका पालिकाहरु घरको बीमा गर्ने शारदा नगरपालिका पहिलो भएको बताए ।

499852669_122239155770035389_6468605155923630095_n-1748338480.jpg
उनले भने,  ‘व्यवसायिक प्रयोजन बाहेक अन्य घरहरुको बीमा गर्छौ । ’ २० लाख रुपैयाँसम्मको निशुल्क बीमा गरिनेछ । यसै आर्थिक वर्ष भित्र घर बीमाको कार्यक्रम सम्पन्न हुने नगरपालिकाले जनाएको छ । भूकम्प, आगलागी, बाढी, पहिरो , भूवनावटका कारण जमिन धसिएर घरमा पुग्ने क्षति, हावाहुरी, चट्याङ र असिनापानीको कारण क्षतिग्रस्त घरलाई बीमा मार्फत नगरपाकिाले क्षतिपूर्ति  प्रदान गर्नेछ ।  बीमाको लागि आवश्यक प्रक्रिया पुरा गर्न सबै वडामा प्रतिनिधि खटाउने समेत खटाउने भएको छ । नगर प्रमुख प्रकाश भण्डारीको अध्यक्षतामा बसेको बैठकले घर बीमाको काम तत्काल अघि बढाउने निर्णय गरेको हो । उक्त बैठकमा उपप्रमुख सुस्मिता अधिकारी सुनार , प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा,.कार्यपालिका सदस्यहरु, विषयत उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्षहरु, विषयगत शाखाका प्रमुखहरु बीमा कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।500092959_122239155782035389_200754772822332311_n-1748338481.jpg
499965527_122239155836035389_5396068176564907556_n-1748338477.jpg
 

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १५:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार