प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छ : नवराज सुवेदी

मंगलबार, जेठ १३, २०८२

काठमाडौं । राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले सरकारको रबैयाका कारण १५ जेठको कार्यक्रम पनि १५ चैतकै जस्तो होला कि भन्ने डर रहेको बताएका छन् । काठमाडौंमा मंगलबार सम्पादकहरूसँगको छलफलमा सुवेदीले यस्तो बताएका हुन् । ‘हामी निर्णायक आन्दोलनमा छौं । हाम्रो आन्दोलन अहिंसात्मक हुन्छ । तर, सरकारको रबैया १५ चैतकै जस्तो होला कि भन्ने डर छ,’ सुवेदीले भने । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आइतबारको एक कार्यक्रममा १५ जेठमा ११ बजेदेखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री ओलीको यही अभिव्यक्तिप्रति सुवेदीले आपत्ति जनाएका हुन् । ‘प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छ । त्यसैले तपाईं पत्रकारहरू साक्षी बसिदिनुस् भनेर गुहार माग्न आएका हौं,’ सुवेदीले भने ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १५:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार