राराको पानीसहित सगरमाथा आरोहण गरेका बोहोरालाई वनमन्त्री शाहीले गरे सम्मान

मंगलबार, जेठ १३, २०८२
Global Ime Bank

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले रारा तालको पानी सहित विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका अक्कल बोहोरालाई सम्मान गरेका छन् ।मन्त्री शाहीले बोहोरालाई सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्न सफल भएकोमा बधाई दिदै सम्मान गरेका हुन् ।नेपाली राष्ट्रिय टिमका धावक, सफल व्यवसायी र समाजसेवी अक्कल बोहोराले रारा तालको पानी सहित विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । बोहोरा मुगुको पहिलो सगरमाथा आरोही हुन भने उनले ४२ दिन लगाएर सगरमाथा चढेका थिए ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १४:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार