विपक्षीको अवरोधपछि प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित

मंगलबार, जेठ १३, २०८२

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै अवरोध गरेपछि सभामुख देवराज घिमिरेले संसदको बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।आजको बैठक शुरु हुनासाथ विपक्षी दलहरुले अवरोध गर्दै गृहमन्त्रीको राजीनामाको माग गरेका थिए । आजको बैठकमा बोल्दै रास्वपा सांसद शिशिर खनालले गृहमन्त्री रमेश लेखकको राजीनामा मात्र आएर नहुने भन्दै उच्चस्तरीय छानबिन आयोग गठन गरेर अनुसन्धान गर्नुपर्ने बताएका थिए ।यसअघि माओवादी केन्द्रका नेता बर्षामान पुनले बोल्दै गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको नियमित गतिबिधि संचालन हुन नदिने बताएका थिए ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १२:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार