सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । उर्जामन्त्री दिपक खड्काले नेपालले लिएको २८ हजार ५०० मेगावाट विद्युत उत्पादनको लक्ष्य निजी क्षेत्र, नीति निर्माणकर्ता, तथा सम्पूर्ण सरोकारवालाबीच स्पष्ट समन्वय र साझा दृष्टिकोण भए मात्र पुरा हुने बताएका छन् । 'इप्पान डेभलपर्स मिट–२०२५’ मा सहभागी हुँदै निजी क्षेत्रका उर्जा उत्पादकहरूको चिन्ता, सुझाव र अपेक्षालाई प्रत्यक्ष रूपमा सुन्ने मौका मिलेको प्रसंग उल्लेख गर्दै साझा दृष्टिकोण बिना सो लक्ष्य हासिल हुन नसक्ने बताएका छन् । उनले यिनै यथार्थलाई ध्यानमा राख्दै सरकार विद्युत विद्येयकलाई एक महिनाभित्र संसदबाट पारित गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको समेत जानकारी दिएका छन् ।उनले विद्युत विधेयक केवल कानुनी दस्तावेज होइन, यो ऊर्जा क्षेत्रको भविष्य निर्माण गर्ने आधारशिला हो। यसले निजी क्षेत्रका समस्या सम्बोधन गर्नुका साथै लगानीमैत्री वातावरण सृजना गर्ने बताएका छन् । मन्त्रालयको तर्फबाट बाधा–अवरोध चिर्दै उर्जा उत्पादनलाई तीव्रता दिन निरन्तर काम गरिरहेको र पुरानो सोच र कानुनमा सुधार गर्दै, सरकारको ऊर्जा विकास मार्गचित्रलाई कार्यान्वयन गर्न अन्तमन्त्रालयीय समिति र उपसमितिहरू गठन भइसकेको समेत जानकारी दिएका छन् ।