सोसल मिडिया
Contact Us
युनिकोड
बुटवल । नेकपा (एकीकृत समाजवादी), लुम्बिनी प्रदेश कमिटीको आयोजनामा 'सुशासन र रोजगारी, समाजवादको तयारी' विषय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश कमिटीले पार्टी केन्द्रले घोषणा गरेको दोस्रो चरणको आन्दोलनको कार्यक्रमअनुसार सुसासन र रोजगारी समाजवादको तयारी भन्ने नाराका साथ जारी आन्दोलनको महत्वका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरेर जानकारी दिएको हो । प्रदेश कमिटीका अध्यक्ष अब्दुल हसेन खाँको अध्यक्षता तथा प्रदेश ईन्चार्ज, पार्टीका उपमहासचिव मेटमणी चौधरीको प्रमुख आतिथ्यतामा दाङको धोराहीमा उक्त कार्यक्रम सम्पन्न भएको हो । माग र आन्दोलनको महत्वका बारेमा अध्यक्ष अब्दुल हुसेन खाँले विषय प्रस्तुत गरेका थिए । प्रस्तुत विषयमाथि इन्चार्ज चौधरी, केन्द्रीय सदस्य अनारकली मियाँ, नेपाली कांग्रेसका नेता खगराज पाण्डे, माओवादी केन्द्रका नेता विश्व आचार्य, जनमोर्चा नेपालका नेता गणेश आचार्य, उधोगी व्यावसायी नारायण भुसाल, कानुन ब्यावसायी ओम भक्त डाँगी, शिक्षक महासंघका नेता युवराज पौडेलले मन्तव्य राखेका थिए । उपस्थितिका तर्फबाट सुझावमा राख्नेमा भुप बहादुर केसी, मुकुन्द बहकरी, प्रदिप के.सी, जंगबहादुर बिक, थानेश्वर खरेल थिए । प्रदेश कमिटी सचिव नारायण शर्माले सञ्चालन गरेको कार्यक्रममा अहमद अब्दुल रउफ, सुनिता बि.एम., सस्मति चौधरी, वीर बहादुर केसी लगायतका नेताहरु अतिथिका रुपमा उपस्थित थिए ।