सुनचाँदीको मूल्य सामान्य घट्यो, तोलाको कति पुग्यो ?

मंगलबार, जेठ १३, २०८२
Global Ime Bank

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा २ सयले घटेर तोलाको एक लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्यमा पनि सामन्य गिरावट आएको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १० रुपैयाँले घटेर १९९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  ११:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार