सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । कीर्तिमानी नेपाली पर्वतारोही कामी रिता शेर्पाले ३१औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । सेभेन समिट ट्रेक्सका अनुसार कामी रिताले आज बिहान करिब ४ बजे सगरमाथाको सफल आरोहण गरेका हुन् । सोलुखुम्बुका कामी रिता सेभेन समिट ट्रेक्सकै सिनियर गाइडका रूपमा कार्यरत छन् । जनवरी २, १९७० मा जन्मिएका उनले १९९२ देखि आरोहण सुरु गरेका थिए । उनले पहिलो पटक १३ मे १९९४ मा सगरमाथाको आरोहण गरेका थिए । उनको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ ।